नर्सिङ शिक्षामा देखिँदै आएका समस्या समाधानको उपाय खोज्न कार्यदल गठन

<span class='c1'>नर्सिङ शिक्षामा देखिँदै आएका समस्या</span> <span class='c2'>समाधानको उपाय खोज्न कार्यदल गठन</span>

पछिल्ला केही वर्षयता नर्सिङ शिक्षामा देखिँदै आएका समस्या समाधानको उपाय खोज्न कार्यदल गठन भएको छ । चिकित्सा शिक्षा आयोगले सात सदस्यीय कार्यदल गठन गरेको हो ।

आयोगको मापदण्ड तथा प्रत्यायन निर्देशनालयका निर्देशक डा. दिलिप शर्माको संयोजकत्वमा कार्यदल गठन गरिएको आयोगले जनाएको छ । कार्यदलले नर्सिङ शिक्षामा हाल देखिएका समस्याको समाधानका उपाय खोज्ने र सरोकारवालहरुबाट सुझाव समेत लिनेछ ।

कार्यदलमा नेपाल नर्सिङ काउन्सिलका अध्यक्ष, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका ११औँ तहका अधिकार, आईओएम, न्याम्स, केयूअन्तरको स्कुल अफ मेडिकल साइन्सका प्रमुख आदि सदस्य रहेका छन् ।

कार्यदलले नर्सिङ शिक्षामा प्रयोगात्मक अभ्यास, आवश्यक भौतिक पूर्वाधार, जनशक्ति व्यवस्थापन, आवश्यक शैक्षिक न्यूनतम योग्यता निर्धारण आदिका विषयमा अध्ययन गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्