विराटनगर । विराटनगर-७ स्थित शनि मन्दिर रोडमा रहेको 'लक्ष्मी द एप्पल स्टोर'ले चाडपर्व अफर ल्याएको छ।
तिहार र छठ पर्वलाई मध्यनजर गर्दै उक्त अफर ल्याएको हो।
चाडपर्व अफर अन्तर्गत कुनैपनि मोबाइलको खरिदमा एक जनाले ३२ इन्चको (एलइडी) टिभी जित्नुका साथै ५ जनाले इयरबड र ५ जनाले स्मार्ट वाचलगायत जित्न सकिने लक्ष्मी द एप्पल स्टोरका संचालक युवराज जेसवालले जानकारी दिए।
मंसिर ४ गते लक्ष्मी द एप्पल स्टोरको आधिकारिक फेसबुक पेजबाट 'लक्की ड्र' मार्फत विजेताको नाम सार्वजनिक गरिने छ।
आईफोनको ११ सिरिजदेखि १५ सिरिजसम्म उपलब्ध रहनुका साथै मोबाइल एक्सेन्जको अफर पनि रहेको लक्ष्मी द एप्पल स्टोरले जनाएको छ।
एक्सेन्ज अफरमा पुरानो आईफोनको कुनैपनि मोडल ल्याएर नयाँ आईफोन १५ सिरिजसँग साट्न मिल्ने व्यवस्था रहेको संचालक जेसवालले बताए।
स्टोरमा ९० हजार रुपैयाँदेखि ३ लाख ५० हजार रुपैयाँसम्मको मोबाइल उपलब्ध रहेको छ। एप्पल कम्पनीको सामाग्री अब विराटनगरमै पाइने भएको हुदा प्रयोगकर्तालाई सहज हुने संचालक जेसवालले विश्वास व्यक्त गरे।
एप्पल कम्पनीको सम्पुर्ण सामान पाइनुका साथै मोबाइल मर्मत समेत गरिन्छ। स्टोरले आईफोन, आईप्याड र म्याक बुक ,एप्पल वाच,चार्जर,मोबाइलको कभर लगायतका सामान उपलब्ध गराउदै आएको छ।
नयाँ मोबाइल किन्दा १ वर्षको वारेन्टी,कभर,हेमर ग्लास,क्यामरा ग्लास नि:शुल्क पाइनुका साथै विशेष उपहारको व्यवस्था रहेको लक्ष्मी द एप्पल स्टोरले जनाएको छ।
निजी लगानीमा स्टोर संचालनमा ल्याईएको हो ।