गाजास्थित एक विद्यालय परिसरमा भएको इजरायली आक्रमणमा कम्तीमा एक सय प्यालेस्टिनीको मृत्यु

<span class='c1'>गाजास्थित एक विद्यालय परिसरमा भएको इजरायली</span> <span class='c2'>आक्रमणमा कम्तीमा एक सय प्यालेस्टिनीको मृत्यु</span>

इजरायलले उत्तरी गाजा पट्टीको एक विद्यालयमा बम बारी गर्दा कम्तीमा १०० प्यालेस्टिनीको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएको प्यालेस्टिनी स्वास्थ्य स्रोतले शनिबार जनाएको छ ।

स्रोतले सिन्ह्वालाई दिएको जानकारी अनुसार जबालिया शरणार्थी शिविरमा रहेको अल–फाखौरा विद्यालयमा इजरायलले गरेको भीषण आक्रमणपछि कम्तीमा १०० जनाको शव इन्डोनेसियाली अस्पतालमा सारिएको छ ।

स्रोतका अनुसार विद्यालयभित्रबाट शवहरु निरन्तर फेला परिरहेको र ठूलो सङ्ख्यामा घाइतेहरूको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्यामा उल्लेख्य वृद्धि हुने सम्भावना रहेको छ ।

यसैबीच प्रत्यक्षदर्शीका अनुसार उक्त विद्यालयमा सयौं विस्थापितहरू बसिरहेका र इजरायली सेनाको तीव्र हवाई आक्रमणमा परी उनीहरूको हताहत भएको हो । रासस/सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्