माला कस्का लागि?

<span class='c1'>माला कस्का</span> <span class='c2'>लागि?</span>

-सविना श्रेष्ठ
पहेलै रातै भएर फूल
फुलिरहेको छ।
तिहारनजिकिएको
संकेत होला सायदै
म अलि ढिलो बुज्ने गर्छु।

गाउँ घरमा जुवातासको
निक्कै चहलपहल देखिन थाल्दै थियो।
जाडरक्सीले मान्छेका खुट्टा भुइमा छैनन्
हरमटारमा माइलिदिदिको
पसल भिड खुट्टो हाल्ने ठाउँ छैन।

उता तिहार आयो भन्दै कान्छी भाउजू
थुन्सेभरी फूल टिप्दै थिन्।
मेरो पनि दाइ भाइ आउलान् भन्ने
आसा जाग्दै थियो।

सोच्दै थिएँ फोन लाग्दैन बाको
उपचार गर्दा लागेको रिन
तिर्न मुङ्लान लागेका माईती
एस्पाली चाहिँ आउँछन् कि?

उफ आधा बाटोमा पुग्दा नपुग्दै
कागले सुकेको रुखमा बसेर करायो
ए काले के खबर ल्याइस है?
सुभ सुभ बोल भन्दै घर आएँ।

आमाले सेल पनी नपकाउने निधो
गर्नुभएछ।
हैन आमा पकामन दाइ नभा
भाइ आउलाकी?
मेरो मनले आउँछ भन्दैछ।
गफ चल्दै थियो।

अचानक धेरै मान्छे आउँदै गरेको देखे
लामो बाकस बोकेर सकि नसकी
हैन के ल्याएछन्?
झट्ट आमालाइ बोलाए देख्नसाथ आमा
बेहोस होस नआइ बिते
दाइको लास र आमाको लास
एउटै मलामी
दुइटा चिता भो
यो माला म अब कस्लाई लाउ???
भन्नुहोस् न
माला कस्का लागि ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्