ब्लड क्यान्सर पीडित २९ वर्षीय प्रदिपको उपचार गर्न सहयोग माग

<span class='c1'>ब्लड क्यान्सर पीडित २९ वर्षीय</span> <span class='c2'>प्रदिपको उपचार गर्न सहयोग माग</span>

विराटनगर । उदयपुरगढी गाँउपालिका-५ केउरेनी का प्रदिप केप्छकी मगर सन्तानको सखदः र सुन्दर भविष्यको खोजी गर्दै धरान आएका थिए । उदयपुरमा बोनी-बुतो गरेर बाल्यकाल बिताएको २९ प्रदिपले आफ्नो सन्तानलाई भने दु:खमा राख्न चाहेनन् ।

अभावको रापले आफू पिल्सिएको बाल्यकालमा आफ्नो सन्तानलाई भने त्यही रापको महसुस समेत गराउन चहादैन थिए । तर, चाहेको जस्तो जीवन कहाँ हुन्छ र ? चाहेको भन्दा फरक भइदियो उनले भोगेको जीवन । ज्याला मजदुरी गरेर श्रीमती, ४ सन्तान र बुबाआमाको जिम्मेवारी काँधमा बोकेर हिँडेको प्रदिपलाई सामान्य सोँचेको बिरामी अन्त्यमा भयानक रोग होला भन्ने कल्पना समेत गरेका थिएनन् ।

३ महिना अगाडि सामान्य ज्वरो आएर उनी धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान स्वास्थ्य परिक्षणका लागि पुगेका रहेछन् । सामान्य ज्वरो होला औषधि सेवनपछि पुनः काममा फर्किन सकिन्छ भन्ने सोँचेका थिए उनले तर रगत परिक्षणपछि ब्लड क्यान्सर भएको जानकारी आएपछि उनी श्रीमती र उनी छाँगाबाट खसे झैँ भएका थिए ।

‘छोराछोरीले दु:ख पाउलान भनेर उदयपुरबाट धरान झरेको थिए। जीवन पनि राम्रैसँग चलिरहेको थियो, तर तीन महिना अगाडि एक्कासी ज्वरो आयो क्याम्पमा जँचाउन लगेको रगत जाँचपछि बल्ल थाहा भयो उहाँलाई त ब्लड क्यान्सर भएको रहेछ ।,’ प्रदिपकी श्रीमती निशा श्रेष्ठले भनिन्,‘ हामी त छाँगाबाट खसेको झैँ भयौँ ।’ अहिले प्रदिपको काठमाडौँस्थित सिभिल हस्पिटल नयाँ बानेश्वरमा उपचार भईरहेको छ । परिवारको आर्थिक अवस्था अत्यन्तै कमजोर भएको कारण उपचारमा निक्कै समस्या परेको निशाको दुखेसो छ ।

अहिलेसम्म ५ पटक किमो चढाइसकेको र यो अवधिभरमा १९ लाख खर्च भइसकेको निशाले सुनाइन् । उनी भन्छिन्,‘गरिबलाई त रोग पनि नलागे हुने के गर्नु हामीलाई नै यस्तो ठूलो रोग लाग्छ । १९ लाख खर्च भइसक्यो ।’ अब अन्तिम अर्थात छैटौँ पटकको किमो चढाउनु बाँकी रहेको बताउदै उनले अब ब्लड फेर्दा तीसदेखि ३५ लाखसम्म लाग्ने चिकित्सकहरुको भनाई रहेको बताइन् । ब्लडको लागि आफ्नै श्रीमानको बहिनीको परिक्षण्का लागि दिएको र रिपोर्ट पनि राम्रो आएकाले उपचारका लागि खर्च अभाव भएको बताउदै उनले सबैमा सहयोगको अपिल समेत गरेकी छिन् । प्रदिपले भर्खरै ठेकेदारको लाइसेन्स दिएको रहेछन् । ठेकेदार भएपछि आर्थिक अवस्था केही सुधार आउला र सुकुम्बासी जग्गामा नै भएपनि सानो घर बनाउने सपना देखेको निशा र प्रदिपको जोडीले त्यो सपना रोगसँगै तुहिएको निशाले विलौनाको पोको फुकाइन् । उनी भन्छिन्,‘गरिबले त सपना देख्नु पनि नहुने रहेछ, पुरा नै नहुने रहेछ ।’ श्रीमानको उपचारका लागि सहयोग गर्ने मनहरुलाई सहयोगका लागि अपिल गरेकी छिन् ।

बैँक खाता यसप्रकार रहेको छ ।
प्रदिप केप्छाकी मगरको नाममा रहेको नबिल बैंक लिमिटेड
खाता नम्बर : १०५१००१७५०२०७०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्