अब पालो गरौं न

<span class='c1'>अब पालो</span> <span class='c2'>गरौं न</span>

-बसन्त घिमिरे
कैयौँ जेलनेल अनि यातना सह्यौ भन्थ्यौ
होला भन्यौं हामीले पत्यायौं
क्रान्तिले परिवर्तन ल्याउनु पर्छ भन्थ्यौ
होला भन्यौं युवा जोश त्यसैमा सिध्यायौं
बंशले हैन कर्मले शासन गर्नु पर्छ भन्थ्यौ
त्यहि मान्यौं अनि तिमीलाई सिंहासनमा बसायौं
कानुन सबलाई लाग्नुपर्छ भन्थ्यौ
लौ त भन्यौं अनि तिमीलाई नारायणहिटी पसायौं
शक्ति जिम्मा लाएर तिमीलाई सिंह बनायौं
तिम्रो जयजयकार गर्दै हर्षोल्लास मनायौं
तिमीलाई मन दियौं ज्यानको बलिदान दियौं
तिमिलाई अधिकार दियौ इज्जत र सम्मान दियौं
अब के पुगेन र फेरि ठोकी बजाइ गरेको
हामी देखिरहेकाछौं नि तिमीले रजाई गरेको
तिमी देश लुट्दै जाने
अनि हामीले तिमीलाई देशभक्त भन्दिनु पर्ने
तिमी मानव तस्करी गर्दै जाने
अनि हामीले कहिलेसम्म तिम्रो ढाल बन्दिनु पर्ने
तिमीलाई त सिंह बनाएर पठाएका थियौं
तर आज यतिसम्म चरित्र उदाङ्गो पार्यौ कि
स्यालसँग डराएर लुकिबसेका छौँ
ब्वासासँग तर्सिएर कुना पसेका छौँ
हामी बिचमा आएर अब रमाउन नसक्ने भयौ
हामीले बोकेका काँधहरु अब समाउन नसक्ने भयौ
बरु आउ अब तिमिहामीसँगै मिलि
सहमति मै हातेमालो गरौंन
अब तिमि नख्खु बस हामी सिंहदरवार पस्छौ
गणतन्त्रमा तिमी हामी पालो गरौंन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्