तिम्रो भगवानले मागेको वर (कविता) – गुन्जिता ढकाल

<span class='c1'>तिम्रो भगवानले मागेको वर</span> <span class='c2'>(कविता) – गुन्जिता ढकाल</span>

 

देख्दैछु तिम्रो रुप र स्रिङ्गार
हुँदैछु म लट्ठ
शर्माउदै मलाई नियली मुस्कुराछौ जब
तरङीत हुन्छन मेरा अङ्ग अङ्ग

मेरा लागि तिमी बर्त बस्ने अरे
निर्जल निराहर हुने अरे
मेरो पाउ को पानी खाने अरे
प्रिया तिमीले मलाई भगवान देख्योउ ?

खित्का छाडेर हास्न मन लाग्यो
मन भारी भारी भएर आयो
दिनभरी गोरु झै जोतिएर घर आउछु
तिम्रो मुस्कान र प्रेम मा दु:ख सारा भुल्छु
तर म तिम्रो देवता बन्न चाहन्न

बरु आउ न हामी मित्र बनुम
मन का हरेक कुरा सुनाइदेउ मलाई
म झनै लट्ठ हुनेछु

कैले तिमी लाई जिस्क्याउनेछु कैले गाली गर्नेछु
कैले मदहोस् भएर एकटक तिम्लाई हेर्नेछु
म मेरा दिनका खुद्रा याद तिमी मा बिसाउनेछु
तिम्रो नादान हासो हेर्दाइ दङीने छु
तिम्रो नजानिदो बिवेक पाएर उज्ज्वल हुनेछु

भयो मेरो पूजा नगर
मलाई भगवान मानेर नबाच
बस बाच निस्फिक्री म त्रिप्त हुनेछु
तिम्रो जीवन देखेर एक दिन अझै बढी बाच्नेछु।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्