विराटनगर । लामो समयदेखि कराँते खेलको प्रशिक्षणमा सक्रिय विराटनगर १३ रानी सैनिक टोल निवासी ४९ बर्षिया रिना लामा (श्रेष्ठ) को अल्पायुमै मंगलबार निधन भएको छ । श्रेष्ठको हृदयघातबाट निधन भएको परिवारजनको भनाई छ ।
विराटनगरको दक्षिण नेपाल–भारतको सिमाना छेउ मिल्स एरियामा विगत ३ दशकदेखि कराँते खेलको स्वयम् सेवक प्रशिक्षक तथा राष्ट्रिय रेफ्री समेत रेहकी श्रेष्ठको अल्पायु मै निधन भएकोप्रति खेल जगत स्तब्ध बनेको हो । उहाँको अन्त्येष्टिसँगै खेल जगतले एउटा अभिभावक गुमाएको पीडा महसुश भएको खेलप्रेमीहरु बताउँछन् ।
श्रेष्ठको निधनले कराँते खेलले एक अभिभावक, सक्रिय व्यक्तित्वलाई गुमाएको राष्ट्रिय खेलकुद परिषदका कराँते प्रशिक्षक विमल पोखरेलले बताउनुभयो । कराँते खेलको विकासका लागि जुनसुकै समयमा पनि घरको काम छाडेर सक्रिय रहने रिना जस्ता खेलप्रेमी समाजले पाउन मुस्किल रहेको मोरङका खेलप्रेमीहरुले बताएका छन् । विराट गोल्डकप फुटबल ट्रष्टका कार्यवाहक अध्यक्ष किशोरबहादुर शाहीले श्रेष्ठको निधनले खेल क्षेत्रले एक महत्वपूर्ण प्रतिभा गुमाएको प्रतिक्रिया दिनुभएको छ ।
मृतक श्रेष्ठकी श्रीमान सहित एक छोरा छन् । श्रेष्ठ सौगात सहकारी कार्य समिती सदस्य ,मिल्श गोल्ड कप ट्रष्ट सदस्य रानी युवा क्लब , तथा रानी मिल्श डोजकीे सस्थापक अध्यक्ष समेत रहनु भएको थियो । उहाँको खेल जगतको योगदानलाई सधै उच्च सम्मान र कदर गर्नु आवश्यक रहेको खेल क्षेत्रका अगुवा बताउँछन् ।