सन् २०२३ मा रूसमा अवैध क्रिप्टो कारोबारमा दोब्बर वृद्धि

<span class='c1'>सन् २०२३ मा रूसमा अवैध</span> <span class='c2'>क्रिप्टो कारोबारमा दोब्बर वृद्धि</span>

रूसमा सन् २०२३ मा अवैध क्रिप्टोकरेन्सी कारोबारको सङ्ख्या दोब्बर भएको रूसी संघीय वित्तीय सेवा अनुगमनकारी संस्थाका प्रमुख युरी शिखानचिनले बिहीबार बताउनुभएको छ ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटमा शिखानचिनले भन्नुभयो, “प्रणालीपूर्ण रूपमा नियमन नभएको तथ्यलाई ध्यानमा राख्दै शङ्कास्पद कारोबार लगभग दोब्बर भइरहेको छ ।”

अधिकारीका अनुसार आतङ्कवादी गतिविधिलाई आर्थिक सहयोग गर्ने गतिविधिले पनि यस्ता अवैध कारोबारमा वृद्धि भएको उहाँले बताउनुभएको छ ।

यद्यपि, रोसफिनमोनिटरिंग र रूसको भीटीबी बैंकद्वारा संयुक्त रूपमा सुरू गरिएको रूसी सफ्टवेयर प्रणाली ट्रान्सप्यारेन्ट ब्लकचेनले यी शङ्कास्पद लेनदेनहरूको पिछा गर्न र अनुसन्धान गर्न सम्भव बनाउँछ ।

शिखानचिनले भन्नुभयो, “रोसफिनमोनिटरिङले क्रिप्टोकरेन्सीको सञ्चारको निगरानी जारी राखेको छ ।” रासस/एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्