काईते स्याल

<span class='c1'>काईते</span> <span class='c2'>स्याल</span>

-सविना श्रेष्ठ
हिजोसम्म जंगलमा दुलो
बनाएर लुकेर
गाउँमा दोन्द्द मच्चाउदै
गाई बाख्रा पाठा कुखुरा
खाएर सताउने स्याल
अचेल शहर छिर्न थालेको छ।

जंगलमा राज गरेर रगतको
खोलो बगाउँने
लजंगलमै भेला बैठक
राखेर योजना बनाउने
हेर्नुस् हिजोआज शहर पसेर
आफ्नो समूह भेला गर्न
थालेको छ।

खान नपाएर लुखुर लुखुर
भोक भोकै कराउँदै हिँड्ने स्याल
बीच सडकमा राती राती
भेला बैठक गर्न थालेको छ।
उ साना झिना मसिनाको
कुरा सुन्दैन हेर्नुस् त?

अटेर गरेर बाटै छेकेर मान्छे
हिँड्न दिदैन
धम्काउँछ हकार्छ तेस्तै मिले
मार्छ पनि
लौ अब कता खोज्नु सान्ती र
सुरक्षा ???

सानो शहर पनि छाडेर ठुलै
शहर ताक्दै हिँडेको त्यो
स्यालको लस्कर सिंह दरबार
माइती घर बालुवा टार तिर
चाहार्दै छ।
सावधान मान्छे ताकेर
देश रित्याउन लागि पर्दै
हिँडेका ती जंगली
काईते स्यालहरुदेखि।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्