गजल

<span class='c1'>गजल</span> <span class='c2'></span>

-शिखा खतिवडा
जबसम्म निर्मला जस्तै नारीको आत्मा जलि रहन्छ
तबसम्म यहाँ लाखौँ निर्मलाको अस्तित्व ढलि रहन्छ

भ्रष्टहरुले जहिल्यै आफ्नो खल्ती भरि रहँदा यहाँ
किन भान हुन्न आफ्नै छोरीलाई कसैले छलि रहन्छ

देशकाे सिमा मिचियो जनताको आँखामा धुलो छरि
कति मार्छौ सपूत एक पछि अर्को दियो बलि रहन्छ

लत्पतिएको खुनले नेपाल लेख्दै गर्दा टाउको किचियो
कानुन अन्धो भयो खै कहाँ कसको शरीर गलि रहन्छ

हाछ्युँ आउँदा पनि नेताहरु पुग्छन् जापान अमेरिका तर
विडम्बना म मरेपछि रिपोर्ट आउँछ सरकार चलिरहन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्