विराटनगर । विराटनगरको शान्ति युवा क्लबको आयोजनामा वातावरण प्रदुषण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ।
भानु कलेजमा आयोजना भएको सचेतना कार्यक्रममा १५० जना विद्यार्थीहरुको सहभागीता रहेको आयोजकले जनाएको छ।
वातावरण प्रदुषणको असर, न्यूनीकरणको उपाय जस्ता विषयमा जानकारी गराईएको शान्ति युवा क्लबका अध्यक्ष विपुल चौधरीले जानकारी दिए।
शान्ति युवा क्लबले विभिन्न सामाजिक कार्य गर्दै आएको छ।