पत्रकार देवानमाथि भएको आक्रमणको घटना प्रति नेपाल पत्रकार महासंघ मोरङको ध्यानाकर्षण

<span class='c1'>पत्रकार देवानमाथि भएको आक्रमणको घटना प्रति</span> <span class='c2'>नेपाल पत्रकार महासंघ मोरङको ध्यानाकर्षण</span>

विराटनगर । नेपाल पत्रकार महासंघले आवर विराटनगर डट नेटका समाचार संयोजक प्रेम देवानमाथि आक्रमण भएको घटनाप्रति ध्यानाकर्षण गरेको छ ।

विराटनगर महानगरपालिका घेराउको समाचार संकलनका क्रममा आज (बिहिबार) देवानमाथि आक्रमण भएको थियो । सोही घटनाप्रति नेपाल पत्रकार महासंघ मोरङको गम्भिर ध्यानाकर्षण भएको विज्ञप्ति मार्फत जानाएको छ।

‘विराटनगर ७ सातघुम्तीमा बुधबार भएको आगलागी नियन्त्रणमा विराटनगर महानगरपालिकाको भूमिका कमजोर रहेको भन्दै स्थानीयवासी र पीडित पक्षले महानगरपालिका घेराउ कार्यक्रमको समाचार संकलनका लागि बोलाएर पत्रकार देवानलाई आक्रमण गरेको थियो । आन्दोलनकारी समूहको आक्रमणबाट पत्रकार देवानको शरिरका विभिन्न भागमा चोट लागेको छ ।

समाचार संकलनका क्रममा पुगेका पत्रकार देवानमाथि भएको आक्रमण घटनाप्रति घोर निन्दा गर्दै आक्रमणमा संलग्नहरुको तत्काल पहिचान गरि कानुनी कारबाहीको दायरामा ल्याउन महासंघ स्थानीय प्रशासन समक्ष जोडदार माग गर्दै घाईते पत्रकारको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछौं ।’ पत्रकार महासंघद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्