पत्रकार देवानमाथि भएको आक्रमणप्रति फोनिज संघीय समितिको ध्यानाकर्षण

<span class='c1'>पत्रकार देवानमाथि भएको आक्रमणप्रति</span> <span class='c2'>फोनिज संघीय समितिको ध्यानाकर्षण</span>

विराटनगर । समाचार संकलनका क्रममा कोशी प्रदेश समितिका कोषाध्यक्ष प्रेम देवानमाथि भएको आक्रमणप्रति फोनिज संघीय समितिको गम्भीर ध्यानाकर्षण भएको छ ।

विराटनगर-७ सात घुम्तीमा बुधबार भएको आगलागी नियन्त्रणमा स्थानीय सरकारको भूमिका कमजोर भएको भन्दै पीडित पक्षले गरेको आन्दोलनमा समाचार संकलनका लागि बोलाएर देवानमाथि आक्रमण गरिएको थियो । बारम्बार फोन गरेर बोलाइनु र समाचार संकलन गर्न पुगेपछि आक्रमण गरिएकाले यो घटना योजनाबद्ध रहेको स्पष्ट छ ।

समाचार लेखेकै कारण पत्रकार देवानमाथि भएको आक्रमण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतमाथि आक्रमण रहेको फोनिजको ठहर छ । ‘फोनिज यस घटनाको घोर निन्दा गर्दै सत्य तथ्य छानबिन गरी आक्रमणमा संलग्नलाई तत्काल पक्राउ गरेर कारबाही गर्न जोडदार माग गर्दछ । साथै, पत्रकारलाई स्वतन्त्र र भयरहित पत्रकारिता गर्ने वातावरण निर्माण गर्न सम्बन्धित पक्षसँग माग गर्दै घाइते हुनुभएका देवानको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ ।’ फोजिन संघीय समितिका महासचिव मिलन लिम्बूद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यस्तै फोनिज प्रदेश समितिकोे पनि घटना प्रति गम्भिर ध्यानाकर्षण भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्