गजल

<span class='c1'>गजल</span> <span class='c2'></span>

-अरूण खड्का
कुरै कुरामा बिते रात धेरै,
मीठा मसिना भए बात धेरै।

देखेर उनका मदहोसी नयन,
बढ्यो धड्कनभित्र मात धेरै।

नमेटिएर होकि प्यास मनको,
चुलिए~चाहनाका खात धेरै।

बुँझिए जब-झस्किएर राति,
प्रेमप्यासले तड्पियोआत धेरै।

पिडैपिडाले जलेको छ यो मन,
मोहनी तीरले पाई आघात धेरै।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्