करोडौंको कोल्डस्टोर अलपत्र , शर्तअनुसार लगानी नगरी गान्धी गुठी बेपत्ता

<span class='c1'>करोडौंको कोल्डस्टोर अलपत्र , शर्तअनुसार</span> <span class='c2'>लगानी नगरी गान्धी गुठी बेपत्ता</span>

बिनु तिम्सिना
विराटनगर, शर्त अनुसार लगानी नगरी भक्तपुरस्थित चर्खाप्रचार गान्धि तुलसी महागुठी भागेपछि रंगेली–३ आमतोलास्थित कोल्ड स्टोर (शित भण्डार) अलपत्र बनेको छ ।
भारतीय दुताबासको सहयोगमा महागुठीले नौ वर्ष पहिले करोडांैको लागतमा कोल्डस्टोर निर्माण थालिएको थियो । शर्तअनुसार भारत सरकारले २ करोड ५० लाख र भक्त्तपुरस्थित चर्खाप्रचार गान्धि तुलसी महागुठीले ४३ लाख लगानी गर्ने सहमति भएको थियो ।
निर्माण थालिएको उक्त्त कोल्डस्टोरको भवन निर्माणको काम सकेर भारतसरकार चुप लागेको छ भने सम्पन्न गर्नका लागि आफूले लगानी गर्ने भनेको रकम लगानी नगरी महागुठी पनि चुप छ । ५ वर्षअघि निर्माणसम्पन्न भएको उक्त भवन अहिले खण्डहर बनेको छ ।
कोल्डस्टोरको तात्कालिन भारतीय राजदुत शिवसंकर मुखर्जीले २०६४ सालमा शिलान्यास गर्नुभएको थियो ।
निर्माण कम्पनी रौता कन्ट्रक्सन प्रालीले निर्माण थालेको उक्त्त कोल्ड स्टोरको ८० प्रतिशत काम सकिएको छ । तर थप ४३ लाख लगानी गर्ने सम्झौता गरेर आफैले निर्माण सम्पन्न गर्ने भनेर दुताबासबाट हस्तान्तरण गराई कोल्डस्टोर जिम्मा लिएको महागुठी पाँचबर्षदेखि फरार छ ।
१२ कठ्ठा जमिनमा निर्माण गरिएको कोल्ड स्टोरको लगभग भौतिक निर्माणको काम भित्रबाहिर सकिएको छ । कृषी जन्य सामग्री भण्डारण गर्नकालागि चाहिने सामग्री र चिस्याउने मेसिन पनि खरिद भइसकेको छ । तर थप निर्माणको जिम्मा लिएको महागुठीले बेवास्ता गरेकै कारण कोल्डस्टोर संचालनमा आउन सकेको छैन ।
दुई हजार मेट्रिक टन आलु भण्डारण गर्न सकिने उक्त कोल्ड स्टोर जिल्ला विकास समिति मोरङले थप निर्माण गरि संचालन गर्न नेपाल सरकारसँग आग्रह गरेको थियो । तर महागुठीले हस्तक्षेप गरेर आफंै सञ्चालन गर्ने भन्दै दुताबासबाट हस्तान्तरण गराई जिम्मा लिएकोले थप निर्माण भएर संचालन हुन नपाएको जिल्ला प्राविधिक कार्यालय मोरङका सव–इन्जिनियर विनोद ओझाले बताउनु भयो । ‘थप निर्माण गरेर भाडामा संचालन गर्न चाहने धेरै कम्पनी आइरहेका छन् तर महागुठी नै बेपत्ता भएकोले प्रक्रिया अगाडि बढ्न सकेको छैन,’ ओझाले भन्नुभयो ।
जिल्ला कृषि विकास कार्यालय मोरङका अधिकृत राजेन्द्र उप्रेतीका अनुसार कोल्डस्टोर विराटनगरकालागि अति नै आवश्यक छ । तर, रंगेलीमा निर्माण भएको सो क्षेत्र आलु पकेट क्षेत्र नभएको र अपायक पर्ने भएका कारण पनि त्यसको उपयोग प्रभावकारी बन्दैन कि भन्ने आशंका छ ।
उहाँले सरकारले तत्काल हस्तक्षेप गरेर उक्त कोल्ड स्टोरको थप २० प्रतिशत निर्माण गराई संचालन गर्नु आवश्यक भएको बताउनु भयो ।
कोल्डस्टोर संचालनमा आए बरफ उत्पादन गर्नदेखि च्याउ, आलु, प्याज आदि कृषि सामग्री सुरक्षित भण्डार गर्न कृषक र व्यपारीलाई सुविधा हुने उप्रेतीको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्