लिड नेपालले बुझायो प्रदेश प्रमुखलाई ज्ञापनपत्र

<span class='c1'>लिड नेपालले बुझायो</span> <span class='c2'>प्रदेश प्रमुखलाई ज्ञापनपत्र</span>

विराटनगर । लिड नेपालकी प्रमुख नुमा लिम्बू (चन्चला) को नेतृत्वमा कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष ज्ञापनपत्र बुझाएका छन् ।

यौनिक तथा लैंगिक अल्पसंख्यकको हकहित र अधिकार प्राप्तिको सन्दर्भमा सोमबार लिम्बूको नेतृत्वमा ज्ञापनपत्र बुझाइएको हो ।

यौनिक तथा लैंगिक अल्पसंख्यकको सन्दर्भमा विभेदकारी कानुन भएको र संविधानमा उल्लेख भएको अधिकारका विषय व्यवहारमा कार्यान्वयनमा ल्याउन माग राख्दै प्रदेश प्रमुख समक्ष ज्ञापनपत्र बुझाइएको लिड नेपालकी प्रमुख लिम्बूले जानकारी दिइन् ।

सार्वजनिक शौचालय निर्माण गर्दा आफूहरुको समुदायको अनुकुल अनुसार समेत संरचना निर्माण गरिनुपर्ने माग रहेको उनको भनाई छ ।
‘ नागरिकताको समस्या ,स्वास्थ्य, शिक्षा साथै आयोगमा हाम्रो समुदायको पनि कोटा हुनुपर्ने हामीले माग राखेका छौँ,’उनले भनिन्,‘हाम्रो समुदायमा थुप्रै एचआइभी संक्रमित हुनुहुन्छ उहाँहरुको स्वास्थ्य साथै पोषिलो खानपानका विषयमा सदनमा समेत कुरा उठान गर्नुपर्नेमा हामीले जोड दिएका छौँ ।
ज्ञापनपत्र बुझ्दै प्रदेश प्रमुख खापुङले यौनिक तथा लैंगिक अल्पसंख्यकका समस्या र चुनौतीको विषयमा सकारात्मक रहेको बताए ।

समस्याका विषयमा सम्बन्धित निकाय समक्ष विषय उठान गर्ने प्रतिवद्धता जनाउदै प्रदेश प्रमुख खापुङले सकारात्मक ढंगले सहयोग गर्ने समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्