बहुवर्षीय योजनाको काममा ढिलासुस्ती नगरी यथासक्य रुपमा सक्न मन्त्री उप्रेतीको निर्देशन

<span class='c1'>बहुवर्षीय योजनाको काममा ढिलासुस्ती नगरी यथासक्य</span> <span class='c2'>रुपमा सक्न मन्त्री उप्रेतीको निर्देशन</span>

विराटनगर । कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री गणेश उप्रेती ‘सुशील’ ले प्रदेशका बहुवर्षीय योजनाहरू समयमै सम्पन्न गर्न निर्माण व्यवसायीहरूलाई निर्देशन दिएका छन् । बुधबार निर्माण व्यवसायीहरूसँग अन्तरक्रिया कार्यक्रम गरी मन्त्री उप्रेतीले प्रदेशका बहुवर्षीय योजनाको काम समयसीमाभित्रै सक्न निर्देशन दिएका हुन् ।

मन्त्री उप्रेतीले बहुवर्षीय योजनाको काममा ढिलासुस्ती नगरी यथासक्य रूपमा निर्माण सम्पन्न गर्न निर्देशन दिँदै त्यसका लागि मन्त्रालयले सहयोग गर्ने पनि उल्लेख गरे । उनले प्राविधिसहित आफैं पुगेर बहुवर्षीय योजनाहरूको अनुगमन गर्ने जनाउँदै त्यसबेलामा समय र बजेट थप्न परेमा नीति–नियम र परिधिभित्र रहेर थपिने पनि जनाए ।

‘आवश्यकता र औचित्यता हेरेर समय बजेट र समय थप्न सकिन्छ,’ उनले भने, ‘
तर, औचित्य पुष्टि गर्नुपर्छ, त्यतिकै समयावधि र बजेट थप्न सकिँदैन ।’

कतिपय आयोजनाहरू अलपत्र छोडिने गरेको बताउँदै मन्त्री उप्रेतीले भने, ‘प्रायः बहुवर्षीय आयोजना अपपत्र पर्ने गरेका छन् । हामीले बजेट पनि प्रशस्तै हालेका छौं, पुगेन भने थप पनि गर्ने गरेका छौं । तर, गम्भीर भएर समयमै काम सकेको राम्रो । यो आग्रह गर्नका लागि नै हामीले यहाँ अन्तरक्रिया राखेका हौं ।’

यस्तै, कार्यक्रममा बोल्दै मन्त्रालयका सचिव विशाल घिमिरेले योजनाहरू समयमै सक्नका लागि मन्त्रालयले सहयोगी भूमिका निर्वाह गर्ने बताए । आयोजना प्रमुख कुलदीप यादवले बहुवर्षीय योजनाको डिपिआर छुटपुट हुँदा कतिपय कामले गति लिन नसकेको भए पनि त्यो समस्या चाँडै अन्त्य गर्न लागिपरेको सुनाए ।

यता, निर्माण व्यवसायीहरूले निर्माणका कामहरूमा मन्त्रालयले पहिलोपटक अन्तरक्रिया गरेकोमा खुसी व्यक्त गरे । उनीहरूले समयमै काम सक्ने प्रतिबद्धता जनाउँदै आवश्यकता हेरेर समयसीमा–बजेट थपेर मन्त्रालयले सहयोग गरिदिनुपर्ने बताए ।

कोशी प्रदेशमा अहिले चारवटा बहुवर्षीय योजनाहरू रहेका छन् । मोरङको रङ्गेली नगरपालिकास्थित संसारीमाईस्थानको पर्यटकीय पूर्वाधार विकास कार्य यसै वर्षको फागुन २५ गतेसम्म सकिसक्नुपर्ने छ । काठमाडौंको धुलीखेल निर्माण सेवा प्रालिले असार २०७७ मा सम्झौता गरी निर्माण कार्यलाई निरन्तरता दिइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्