आँशु

<span class='c1'>आँशु</span> <span class='c2'></span>

- शरद प्रधानाङ्ग
कथा अनि व्यथा हो आँसुको
कहिलेकाँही खुसीको साथी बेसरी
कहिले आउँछ दुखमा समिप
बहिदिन्छ खोली झैं सुस्तरी सुस्तरी

मुल्याङ्कन आँसुको
धेरै नै गहिरो बुझ्न धेरै साह्रो
जति बुझ्यो थोरै नै हुन्छ
गहिराईमा डुब्यो झन् झन् गाह्रो

कहिले साटिन्छ खुसीमा
जिन्दगीका कठिनाईका पलहरू
बनेर आउँछ कहिलेकाँही
समस्याको घडीमा निर्विकल्प हलहरू

वर्णन गरेर सकिन्न
कहिले आँसुका कथाहरू
छातीभित्र लुकेको हुन्छ
नमेटिने अनगिन्ती व्यथाहरु

पीडा त पीडितलाई नै हुन्छ
भनेर मात्र हतपत समाधान हुँदैन
यो स्वार्थी दुनियाँ हो त्यसैले
भरसक कसैले कसैको मन छुँदैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्