सन् २०२४ मा सात वटा अन्तरमहादेशीय मिसाईल प्रक्षेपण गर्ने योजनामा रूस

<span class='c1'>सन् २०२४ मा सात वटा अन्तरमहादेशीय</span> <span class='c2'>मिसाईल प्रक्षेपण गर्ने योजनामा रूस</span>

रूसले सन् २०२४ मा सातवटा अन्तर महादेशीय मिसाइल प्रक्षेपण गर्ने रणनितिक योजना बनाएको रूसी मिसाइल फोर्सका रणनीतिक कमाण्डर लेफ्टीनेन्ट जनरल सर्गेई काराकायेभले शुक्रबार बताउनुभएको छ ।

रुसबाट प्रकाशित रेड स्टारसँगको अन्तरवार्तामा काराकायेभले पछिल्लो पाँच बर्षमा रूसी सेनाले प्ररीक्षण तथा तालिमका लागि २० वटाभन्दा बढी मिसाइल प्रक्षेपण गरेको बताउनुभयो ।

काराकायेभले ओरेनवर्ग क्षेत्रको यास्नीपूर्वाधार प्रयोग गरी परीक्षण गरिएको बताउँदै आगामी वर्ष थप सात वटा प्रक्षेपण गर्ने योजना रहेको उल्लेख गर्नुभएको छ ।

रूस तथा संयुक्त अमेरिकाबीच अन्तरदेशीय मिसाइल र पन्डुबीहरू प्रक्षेपणको योजनाका विषयमा सुचना आदानप्रदान जारी रहेको काराकायेभले बताउनुभएको छ ।

उहाँका अनुसार रूस र अमेरिकाले एक अर्कोलाई प्रक्षेपणको विषयमा एक दिन अघि नै जानकारी प्रदान गर्ने प्रचलन रहेको छ ।

स्रोतका अनुसार पूर्व सोभियत सङ्घ तथा संयुक्त राज्य अमेरिकाबीच सन् १९८८ को सन्धिअनुसार क्षेप्यास्त्र परीक्षणको कम्तीमा २४ घण्टा अगाडि सूचना लिने दिने सम्झौता भएको थियो । सूचनाले प्रक्षेपणको मिति , स्थान तथा हतियारको प्रभावको बारेमा सङ्केत गर्दछ । रासस/सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्