चीन भूकम्प : मृत्यु हुनेको सङ्ख्या १३१ पुग्यो

<span class='c1'>चीन भूकम्प : मृत्यु</span> <span class='c2'>हुनेको सङ्ख्या १३१ पुग्यो</span>

चीन । चीनको उत्तरपश्चिमी क्षेत्रमा गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १३१ पुगेको छ ।

चीनको उत्तरपश्चिमी प्रान्त गान्सुमो भूकम्पमा परी बुधबार बिहान ९ बजेसम्म मृत्यु हुनेको सङ्ख्या १३१ पुगेको छ भने घाइतेको सङ्ख्या ७८२ पुगेको छ ।

भूकम्पले छिङहाइ प्रान्तमा १८ जनाको ज्यान लिएको स्थानीय अधिकारीहरूले बुधबार बिहान जानकारी दिएका छन् ।

बिहान ५ः३० बजेसम्म, प्रकोपका कारण क्विङहाइमा १९८ जना घाइते भएको रिपोर्ट गरिएको छ भने अन्य १६ जना अझै बेपत्ता छन् ।

चाइना भूकम्प नेटवर्क सेन्टरका अनुसार भूकम्प राति ११ बजेर ५९ मिनेटमा गएको हो ।

भूकम्पको केन्द्र गान्सु प्रान्तको जिशिशानको बोनान–डोङ्सिआङ–सालार स्वायत्त काउन्टीबाट करिब आठ किलोमिटर टाढा रहेको बताइएको छ । रासस/सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्