चाडपर्व लक्षित गरी सहुलियत पसल संचालन गरिने

<span class='c1'>चाडपर्व लक्षित गरी सहुलियत</span> <span class='c2'>पसल संचालन गरिने</span>

आपूर्ति मन्त्रालयले चाडपर्वलाई लक्षित गरी आगामी असोज १ गतेदेखि सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ ।

उपभोक्तालाई राष्ट्रिय चाडपर्वको अवसरमा सुपथ मूल्यमा उपभोग्य सामाग्री उपलब्ध गराउन उक्त पसल सञ्चालन गर्न लागिएको हो । सुपथ मूल्य पसलमा दाल, चामल, तेल, नुन, चिनी, पनीर, खसी, बोका, च्याङ्ग्रा र खाना पकाउने ग्याँस विक्रीमा राखिने बताइएको छ । सहुलियत पसल असोज २१ गतेसम्म सञ्चालन हुनेछ ।

आपूर्तिमन्त्री दिपक बोहोराको अध्यक्षतामा मन्त्रालयमा बसेको बैठकले नेपाल आयल निगमले खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर ५० रूपैयाँ छुट दिई बिक्री वितरण गर्ने र मट्टीतेलमा पनि मूल्य घटाउन पहल गर्ने निर्णय गरेको मन्त्रालयका प्रवक्ता आनन्दराम रेग्मीद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

त्यसैगरी बैठकले दुग्ध विकास संस्थानबाट उत्पादित घ्यूमा प्रतिकिलो रू दश छुट दिने र पनीरको हकमा संस्थानको सञ्चालक समितिबाट निर्णय गराई छुट दिने निर्णय गरेको छ । “खाद्य संस्थानले आफ्नो बिक्री स्थलबाट १५ प्रकारका चामल, फापर र सिमीमा प्रतिकिलो रु पाँच छुट दिई बिक्री गर्ने गरिनेछ”–विज्ञप्तीमा भनिएको छ ।

त्यसैगरी बैठकले साल्ट टे«डिङ कर्पोरेसनले चिनीमा प्रतिकिलो रु पाँच र नुनमा प्रतिकिलो रु दुई छुट गर्ने निर्णय गरेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्