बिराटनगरमा छोटा फिल्म प्रदर्शन

<span class='c1'>बिराटनगरमा छोटा</span> <span class='c2'>फिल्म प्रदर्शन</span>

IMG_7751बिराटनगर भदौ १४ ,
अनियन फिल्मको आयोजनामा १४ अगस्ट देखि सुरु भएको फिल्म मेकिङ कार्यशाला सोमबार सम्पन्न भएको छ । उक्त कार्यशालामा ३५ जना युवा फिल्म मेकरहरुलाई ५ जनाले प्रशिक्षण दिएका थिए  । प्रशिक्षण पछि ४ वटा समुहले विभिन्न सामाजिक विषयमा छोटो चलचित्र बनाएर बिराटनगरस्थित मेरील्याण्ड कलेजको हलमा सोमबार प्रदर्शन गरिएको थियो । प्रदर्शनमा बालमैत्री भनेर भनिएपनि त्यसको उचित व्यवस्थापन नहुदाको कथा "इन्जिनियर" , एउटा छोरीको प्रेरणादायी कथा "बबिया" , माओवादी द्वन्द्वकालको मर्म झल्काउने "पिरलो"  र मधेस आन्दोलनको विषयमा "एक" नामक छोटा चलचित्र प्रदर्शन गरिएको थियो ।IMG_7819

करिब १५० जना दर्शकको उपस्थिति रहेको उक्त कार्यक्रममा तलिममा सहभागीहरुलाई होटल नमस्कारका निर्देशक युनिस श्रेष्ठ , आवर बिराटनगर डट नेटका निर्देशक बिबेक दाहाल , बि. एफएमका निर्देशक सन्देशदास श्रेष्ठ र बिकल्पका निर्देशक बसन्त अधिकारीले प्रमाणपत्र वितरण गर्नुभएको थियो । यस कार्यशालाको सह-आयोजकको रुपमा बिकल्प एन अल्टर्नेटिभ, मेरिल्याण्ड कलेज बिराटनगर, एकाउन्टेबिलिटी ल्याब  र बिराट कलेज अफ प्रोफेस्नल स्टडिज रहेका छन ।आवर बिराटनगर डट नेट यस कार्यशालाक‍ो मिडिया पार्टनरको रुपमा रहेको छ ।
IMG_7783

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्