अनसनरत गंगामाया अधिकारीको स्वास्थ्य बिग्रियो

<span class='c1'>अनसनरत गंगामाया अधिकारीको</span> <span class='c2'>स्वास्थ्य बिग्रियो</span>

वीर अस्पतालको पुरानो आईसीयूमा रहेकी गंगामाया अधिकारीलाई सोमबार साँझ उच्च ज्वरो देखिएको छ ।

दोस्रो पटक १९ दिनदेखि आमरण अनशनमा रहेकी अधिकारीलाइ सोमबार राति १०५ डिग्री ज्वरो देखिएको कामु निर्देशक डा.भूपेन्द्र बस्नेतले जानकारी दिए ।

गंगामायालाई संक्रमणको आशंका गर्दै तत्काल एन्टिबायोटिक औषधि चलाइएको छ । माओवादी द्वन्द्वकालमा मारिएका आफ्नो निर्दोष छोराका हत्यारालाई कानुनी कारबाहीको माग गर्दै गंगामायाले दोस्रो पटक अनशन सुरु गरेकी हुन् ।

११ महिना लामो आमरण अनशनकै क्रममा उनका श्रीमान नन्दप्रसाद अधिकारीको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्