सिप बिल्डिङमा अनुत्तीर्ण भएका १८ जनाले मात्रै उत्पादनमूलक क्षेत्रका लागि आवेदन दिन पाउने

<span class='c1'>सिप बिल्डिङमा अनुत्तीर्ण भएका १८ जनाले मात्रै</span> <span class='c2'>उत्पादनमूलक क्षेत्रका लागि आवेदन दिन पाउने</span>

काठमाडौं । सिप बिल्डिङमा अनुत्तीर्ण भएका १८ जना आवेदकहरूले मात्रै इपिएस कोरियाका लागि आवेदन दिन पाउने भएका छन्।

उच्च अदालत पाटनको अन्तरिम आदेशपछि इपिएस कोरिया शाखा कार्यालय ग्वार्कोले सुरज पाठकसहित १८ जनालाई मात्रै आवेदन फाराम भर्नका लागि बोलाएको हो।

केही समयअघि सीप बिल्डिङका सुरज पाठकसहित १८ जनाले उत्पादनमूलक क्षेत्रका लागि पनि आवेदन भर्न पाउनुपर्ने माग राख्दै उच्च अदालत पाटनमा निवेदन दिएका थिए।

वैदेशिक रोजगार विभाग इपिएस कोरिया शाखाले जारी गरेको सुचनामा,‘सो निवेदनको सम्बन्धमा उच्च अदालत पाटनबाट २०८०/९/५ मा जारी भएको अन्तरिम आदेशमा निवेदकहरूको हकमा उल्लेखित २०८०/८/१९ को सूचनाबमोजिम २०८०/९/२ बाट खुल्ला गरिएको आवेदन फाराम भर्न रोक नलगाउनू र निवेदकहरूलाई आवेदन फाराम भर्न दिनू भनी विपक्षीहरूको नाममा उच्च अदालत नियमावली २०७३ को नियम ४२ बमोजिम अन्तरिम आदेश जारी भएको हुँदा सम्बद्ध सबै निवेदकहरूमा जानकारीको लागि अनुरोध छ।’

इपिएस कोरिया शाखाले यीबाहेक अरूका लागि तत्काल केही नहुने जनाएको छ।

इपिएस कोरिया शाखाका अनुसार उनीहरूले पुस १३ गते बिहान १०बजेदेखि दिउँसो ३ बजेसम्म आवेदन फाराम भर्नका लागि बोलाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्