काठमाडौं । सरकारले आर्थिक वर्ष २०८०/८१ का लागि गहुँको न्यूनतम समर्थन मूल्य ताेकेकाे छ ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले गहुँको समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार ६ सय ५० रूपैयाँ १४ पैसा तोकेको सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयाे ।
गत वर्षभन्दा यस वर्ष प्रतिक्विन्टल दुई सय ९९ रूपैयाँ १४ पैसा बढाएर मूल्य निर्धारण गरिएको छ।
गत वर्ष गहुँको समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार तीन सय ५१ रूपैयाँ थियो।
त्यसैगरी , बैठकले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमतर्फ रिक्त सदस्यसचिव पदमा महेश भट्टराईलाई तोक्ने निर्णय गरेको छ ।
फोटो:फाइल