गजल

<span class='c1'>गजल</span> <span class='c2'></span>

-टिङ्कु भट्टराई
नगद तान्ने सातै `अ´ को चिनारी यो पाको इलाम
मेहेनत र लगनशीलले अर्गानिक भै आको इलाम

जता हेर्नुस् त्यतै राम्रो हरियाली सदाबहार
हरेक श्रष्ठा, सर्जकले गीत गजलमा गाको इलाम

देवास्थल, पोखरी र झरनाको शीतलतामा
फिक्कल पुगी ललिपप र चाम्रो छुर्पी खाको इलाम

सबै जात जाति धर्म ,संस्कृतिले भरिपूर्ण
सबको मन मस्तिष्कमा स्वर्ग बनी राको इलाम

रहनसहन भेषभुषामा अग्रगामी सधैंभरि
आफ्नै पनमा रमाएर सर्व व्यापक भाको इलाम

ऐठन पार्ने अँध्यारोलाई चिरा पारी छोचोलेर
झुल्के घामको सुन किरणले जताततै छाको इलाम

चियाबारीमा सेल्फी खिच्दै चारखोलालाई साक्षी राखी
एकापसमा प्रेम साट्दै पर्यटक धाको इलाम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्