- पार्वती अधिकारी पारु
खुशी कम ज्यादा गम भएर मात्रै
यो जीन्दगी छ मलम भएर मात्रै
दुख्दैन यो मन पत्थर मानिसक्थें
मुस्कानमा अझै दम भएर मात्रै
हजार छ लाख दिने भेटिन्छ कति
छ औकात अनुपम भएर मात्रै
रमाउने बाटो अनेक लोभ्याउने
आमा ! संस्कारी कदम भएर मात्रै
जवानीले अन्धो बनायो अमिरलाई
गुम्यो स्वाभिमान रकम भएर मात्रै