-गोमा भट्टराई
जिन्दगीमा शान्तिको एक श्वास कमाउन सकुँ
हाँसीहाँसी मृत्यु समीप जीवन उभ्याउन सकुँ
जिन्दगी दिनेलाई जिन्दगी दिन सक्छु मैले,
बस् , बैगुनीहरूलाई पनि गुन लगाउन सकुँ
सिदुर बनेर तिमी यो तक्दिरमा आएका छौँ,
म खुसी बनेर तिम्रो हर सफरमा आउन सकुँ
मेरो मुहारको चमक देखेर सङ्गिले सोधुन्,
इमान्दारिता मेरो सुन्दर गहना बताउन सकुँ
के हो र आखिर जीवन एक सर्को श्वास भन्दा,
आफू हुनुको आभास दुनियाँलाई दिलाउन सकुँ