माल्टा पठाउने भनी ठगी गर्ने एक जना पक्राउ

<span class='c1'>माल्टा पठाउने भनी ठगी</span> <span class='c2'>गर्ने एक जना पक्राउ</span>

काठमाडौं । प्रहरीले वैदेशिक रोजगारीका लागि माल्टा पठाउने पैसा लिई सम्पर्कविहीन रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले स्थायी घर जुम्ला गाउँपालिका–५ घर भई हाल काठमाडौंको स्वयम्भु बस्ने ३२ वर्षीय धर्मेन्द्र शाहीलाई पक्राउ गरेको हो ।

शाहीले टेकराज पाण्डेलाई वैदेशिक रोजगारीका लागि माल्टा जान १२ लाख लाग्ने र त्यहाँ पुगेपछि प्रतिष्ठित कम्पनीमा मासिक दुई लाख हुन्छ भनी प्रलोभनमा पारेका थिए । शाहीले माल्टा पठाउने भन्दै पाण्डेसँग १२ लाख रुपियाँ लिइ सम्पर्कविहीन भएका थिए ।

शाहीलाई बानेश्वरबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्