नयाँ विहानी

<span class='c1'>नयाँ</span> <span class='c2'>विहानी</span>

- शरद प्रधानाङ्ग
फेरी आउँछ नयाँ विहानी
अँध्यारो कालो रातभित्र हराएपनि
आत्तिनु पर्दैन कसैले यहाँ
कठिन उकाली ओराली आएपनि

कहिले उतार कहिले चढाव
आईरहन्छ जिन्दगीको यात्रामा
सुख अनि दुखको संयोजन
जिन्दगीमा हरपल मात्रा मात्रामा

गहिराईमा भेटिन्छ मोतीहरू
हिम्मत एकाग्रताले खोज्न सके
सफल हुन्छ संघर्ष पनि
गन्तब्यलाई समिपबाट रोज्न सके

कतिपय सपनालाई
विपनामा हेर्नुपर्छ जिन्दगीमा ब्यूँझेर
टुट्छन् थोत्रा कल्पनाहरू
अँध्यारो रातभित्र कल्पिएमा सुतेर

असम्भव केहि हुँदैन
आँटिलाहरूका लागि संसारमा
दुनियाँ उसैको लागि हो
जो अघि बढ्छ संघर्षको मैदानमा

अँध्यारो कालो रातपठि आउँछ
मिरमिरेमा लिएर सुन्दर नयाँ विहानी
कोरिन्छ विजयको इतिहास
बोकेर छातीमा सधैं गौरवको निशानी।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्