विराटनगर । अंग्रेजी नयाँ वर्षको स्वागतमा विराटनगर-४ स्थित ह्यापी आवर हेवेन रेष्टुरेन्टले विशेष कार्यक्रम गरी मनाउने भएको छ। गत क्रिसमसमा समेत रेष्टुरेन्टले भव्य रुपमा कार्यक्रम गरेको थियो ।
नयाँ वर्षको स्वागतमा डिसेम्बर ३१ मा 'द स्मृति ब्याण्ड'को सांगीतिक प्रस्तुति सहित डिजे सेसन साथै बिभिन्न खाना,खेलहरु ,डान्स लगायतका कार्यक्रम हुने रेष्टुरेन्टले जनाएको छ । कार्यक्रममा प्रवेश निःशुल्क रहेको छ ।
यस्तै नयाँ बर्षको पहिलो दिन जनवरी १ तारिकको दिन पनि सांगीतिक प्रस्तुतिसहित बियर च्यालेन्ज, खानाका खेल, डान्स लगायतका विशेष प्रस्तुतीसहित स्वादिलो खानाको स्वाद लिन सकिने रेष्टुरेन्टले जनाएको छ ।
कार्यक्रममा अग्रिम टेबल बुकिंङ समेत गर्न सकिनेछ । ह्यापी अवार हेभेनले नयाँ वर्षको लागि बिशेष मेनु समेत तयार पारेको छ। सांगीतिक माहोल र खाना दुवै मन पराउनेहरुको लागि उक्त रेष्टुरेन्ट अहिले धेरैको प्रिय बनेको छ । रेष्टुरेन्टको खुट्टी म:म, पोत्याटो स्टिक चिकन, मुस्ताङ्ग चिकन, तामा चिकन, ओनियन रिङ लगायत भेज तथा ननभेज सबै खाना स्वादिष्ट रहेको छ। रेष्टुरेन्टमा साना बालबालिकाको लागि खेल्ने सामग्री समेत राखेको रेष्टुरेन्टले जनाएको छ ।