एक्लो मानिस

<span class='c1'>एक्लो</span> <span class='c2'>मानिस</span>

-लक्ष्मण निरौला
झरी पर्दा झोक्राउछ
घाम लाग्दा प्रफुल्ल हुन्छ
तर
अपरिचित र उपेक्षित झैँ लाग्छ
एक्लो मानिस!

धेरै मानिसहरु
एक्लो मानिसलाई नचिन्लान
तर
एक्लो मानिस
धेरै मानिसहरुलाई चिन्दछ ,
धेरै व्यक्तिहरुले
एक्लो मानिसको कुरा नसुन्लान
बुझ्ने इच्छा नराख्न्लान
तर
एक्लो मानिस
धेरै व्यक्तिहरुको
धेरै कुरा सुन्छ , बुझ्छ
अनि थोरै मुस्कुराउँछ !!

एक्लो मानिस
आफैमा छट्पटाउछ
आफैसंग प्रस्न गर्छ
आफैले उत्तर दिन्छ !

ऊ एक्लै
त्यत्तिकै नहास्ला
तर
एक्लै अस्ताएर
एक्लै उदाउने
सूर्यलाई देखेर,
एक्लै फ़क्रेर
एक्लै फुलिरहने
फुललाई देखेर

एक्लै खेलिरहने
सानो बालकलाई देखेर
रमाइलो नमानि पनि रहने छैन
एक्लो मानिस!!!

कसले सोध्छ
एक्लो मानिसलाई
तिमी किन , कसरि एक्लो भयौ ?
कसले सोध्छ
एक्लो व्यक्तिलाई
तिमीलाई गहिरो चोट परेको छ ??

जतिसुकै एक्लो देखिए पनि
परिवार ,समाज ,देश
समय , जिन्दगि
र परिस्थिति
कहिँ केहि बाट पनि अलग हुदैन
एक्लो मानिस !!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्