विराटनगर १६ स्थित मुसहर बस्तीमा प्रहरी श्रीमती संघको न्यानो माया

<span class='c1'>विराटनगर १६ स्थित मुसहर बस्तीमा</span> <span class='c2'>प्रहरी श्रीमती संघको न्यानो माया</span>

विराटनगर । नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशको आयोजना एवं ईलाका प्रहरी कार्यालय रानीको सहकार्यमा न्यानो कपडा बितरण गरिएको छ । नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेश अध्यक्ष श्रीमती अजिता देवकोटा बास्तोलाको प्रमुख आथित्यतामा आईतबार विराटनगर महानगरपालिका वडा न १६ स्थित मुसहर बस्तीमा ४० घर परिवारलाई न्यानो कपडा बितरण गरिएको हो ।


उक्त कार्यक्रममा प्रमुख अतिथि अजिता देवकोटाले नेपाल प्रहरी श्रीमती संघ सामाजिक तथा मानबिय सेवामा निरन्तर क्रियासिल भएको बताउदै यसरी पिछडिएको समुदायलाई सहयोग गर्न पाउँदा खुशी लागेको बताउनुभयो । त्यस्तै कार्यक्रमलाई सहजीकरण गर्दै ईलाका प्रहरी रानीका प्रमुख प्रहरी निरीक्षक सन्दिप बेल्बासेले नेपाल प्रहरी श्रीमती संघको यो मानवीय एवं पुण्य कामले अल्पसंख्यक समुदायलाई ठुलो राहत पुगेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्