विराटनगरमा ‘मिनी बीबीए फेस्ट’ बास्केटबल प्रतियोगिता सम्पन्न

<span class='c1'>विराटनगरमा ‘मिनी बीबीए फेस्ट’</span> <span class='c2'>बास्केटबल प्रतियोगिता सम्पन्न</span>

विराटनगर । विराटनगरमा 'मिनी बीबीए फेस्ट' बास्केटबल प्रतियोगिता सम्पन्न भएको छ।

विराटनगर बास्केटबल एकेडेमीको आयोजनामा पुस १० गते सगरमाथा स्कुलको बास्केटबल कोर्टमा प्रतियोगिता सम्पन्न भएको हो ।

प्रतियोगितामा मोरङका स्कुल र क्लबहरुबाट पुरुषको ९ वटा टिम र महिला ८ वटा टिमको सहभागीता रहेको थियो।

यु-१४ पुरुषतर्फ सगरमाथा स्कुलको समूह 'ए' प्रथम र द्वितीय सगरमाथा स्कुलकै समूह 'बी' भएको छ।

त्यसैगरी यु-१८ महिलातर्फ बिकेभीएम स्कुलको समुह 'ए' प्रथम भएको छ भने एभरेष्ट स्कुल द्वितीय भएको आयोजकले जनाएको छ।

उक्त प्रतियोगितामा यु-१४ पुरुषतर्फ उत्कृष्ट खेलाडी सगरमाथा स्कुलको समूह 'ए' का अमित कुमार यादव,प्रतियोगितामा धेरै स्कोर गर्ने खेलाडी आलोक यादव र रीसिंग स्टार फिउचर अफ सगरमाथा समुहका कविर साह घोषित भएका छन्।

त्यसैगरी यु-१८ महिलातर्फ उत्कृष्ट खेलाडी र धेरै स्कोर गर्ने खेलाडी बिकेभीएम स्कुलको समुह 'ए' बाट प्रगती कायस्थ र रीसिंग स्टार एभरेष्ट स्कुलकी प्रिन्सी वर्मा घोषित भएका छिन्।

सानो उमेर समूह देखीनै बालबालिकाहरुमा रहेकी प्रतिभाको प्रफ़ुष्टन गर्दै बास्केटबल खेलको विकास गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको कार्यक्रम संयोजक दिपेश कटवालले जानकारी दिए ।

प्रतियोगिताको बिजेता र उपबिजेतालाई ट्रफी, मेडल र प्रमाण पत्र विराटनगर बास्केटबल एकेडेमीका अध्यक्ष सरोज लम्साल,मोरङ बास्केटबल संघका सचिव त्रिलोक बास्तोला,सगरमाथा स्कुलका निर्देशक सुनिल प्रधान र कार्यक्रम संयोजक दिपेश कटवालले वितरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्