अर्धनग्न प्रदर्शन गर्ने १४ जना पक्राउ

<span class='c1'>अर्धनग्न प्रदर्शन गर्ने</span> <span class='c2'>१४ जना पक्राउ</span>

काठमाडौं । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी निकट युवाले विभिन्न उच्च प्रशासनिक निकायमा अर्धनग्न भएर प्रदर्शन गरेका छन् ।

उनीहरुले ललितपुरस्थित पुल्चोकको मन्त्री निवास,प्रधानमन्त्री निवास बालुवाटार गेटमा, सिंहदरबारभित्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि, सर्वोच्च अदालतको मुल गेटमा, संसद भवनको दुई र तीन नम्बर गेटअगाडि अर्धनग्न प्रदर्शन गरेका हुन् ।

बालकुमारी घटना,एनसल सेयर प्रकरण लगायतका विभिन्न काण्डमा सरकारप्रति असन्तुष्टि पोख्दै विरोधमा प्रदर्शन गरेको क्रान्तिकारी युवा संगठनका केन्द्रीय अध्यक्ष हरिश भट्टले बताए । उनले भने, ‘हामी नांगिएर प्रदर्शन गर्नुमा सांकेतिक अर्थ सत्ता नांगिसकेको सन्देश दिन खोजेका हौं, मिलिभगत लुटतन्त्रको विरोधमा पहिलो चरणको पहिलो कार्यक्रम हो यो ।’

यसअघि युवा संगठनले प्रधानमन्त्री कार्यालयमा पुस ३ गते २० बुँदे ज्ञापन पत्र बुझाएको भट्टको भनाइ छ । उच्च प्रशासनिक केन्द्रभित्र प्रदर्शन गर्ने पूर्वयोजना अनुसार नै प्रदर्शन गरेको युवा संगठनले जनाएको छ । बालुवाटार लगायत विभिन्न स्थानबाट प्रहरीले १४ जनालाई पक्राउ गरेको अध्यक्ष भट्टले बताएका छन् । न्यूज एजेन्सी नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्