वैदेशिक लगानी सहजीकरणका लागि सरकार तयार छ : मन्त्री साउद

<span class='c1'>वैदेशिक लगानी सहजीकरणका लागि सरकार</span> <span class='c2'>तयार छ : मन्त्री साउद</span>

काठमाडौँ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले वैदेशिक लगानीलाई सहजीकरणका लागि सरकार तयार रहेको बताउनुभएको छ ।

क्यानडा–नेपाल चेम्बर अफ कमर्श र क्यानेडियन हिन्दू चेम्बर अफ कमर्शको संयुक्त प्रतिनिधिमण्डलसँगको अन्तरक्रियाका क्रममा उहाँले आगामी अप्रिलमा आयोजना हुन गइरहेको तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनबारे पनि चर्चा गर्नुभयो ।

मन्त्री साउदले भन्नुभयो, “वैदेशिक लगानीलाई सहजीकरण गर्ने विषयमा नेपाल सरकारले कुनै कसर बाँकी राख्दैन ।” सो अवसरमा क्यानडा र नेपालबीचको व्यापार तथा लगानी सम्बन्धका बारेमा छलफल भएको थियो ।

क्यानेडियन हिन्दू चेम्बर अफ कमर्सका अध्यक्ष नरेशकुमार चाव्दाले नेपालमा विशेष गरी कृषि तथा खाद्य, टेक्सटायल र जलविद्युत्का क्षेत्रमा क्यानेडियन निजी क्षेत्रले काम गर्न चाहेको बताउनुभएको थियो । क्यानडा–नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष विजय पौडेल र क्यानेडियन हिन्दू चेम्बर अफ कमर्सका अध्यक्ष चाव्दाले प्रतिनिधिमण्डलको नेतृत्व गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्