-ऋषि तिवारी
'म सधैं मर्निङवाकमा जान्थेँ ।'
मेरी उनीको बिहानीपखको ड्युटी थियो । मेरो नौँबजे कार्यालय जाने तालिका नियमित थियो ।
मर्निङवाक गर्दा गर्दै फर्केर आउँदा, चिया पसल छिर्थेँ । त्यहाँ अरुहरु पनि उपस्थिति हुन्थेँ । र, चल्थ्यो उस्तै गफगाफ । साँझपख भट्टी छिर्नेहरुको गफगाफ पनि सुनेको थिएँ । म अफिसबाट फर्किदै गर्दा बाटामा कुनै कुनै जडह्यासंग पनि कुरो चल्थ्यो । म भन्थेँ, 'कति पिइरहेको जाँड ? अब त छोड्नु नि ! जाँड पिएर के हुन्छ ?' हुन त म भलादमी भैंसकेको थिएँ । जाँड रक्सीसंग मैंले सम्बन्ध तोडिसकेको थिएँ । मालतीको भट्टीसंग उधारो कारोबार छोडिसकेको थिएँ । र, चियाबालासंग थोरै पैसामा उधारो कारोबार शुरु गरेको थिएँ । एउटा जड्ह्याले छोड्ने उपाय मसंग सुझाए । 'के गरी छोड्नु ? धेरै पुरानो रक्सीसंगको सम्बन्ध कसरी तोड्नु ?' बुझेँ, ऊ सुध्रिन चाहदो रहेछ । किन नसुध्रियोस् त ! रक्सीले उनको पत्नीसंगको सम्बन्ध बिग्रने अवस्था क्षणक थियो । ऊ समाजमा आउन चाहन्छ भने उसलाई उपाय किन नबताउँ ? बताउन थालें उपाय । बाटोमा उभिएर के उपाय दिनु ? चिया पसलको टेबल कुर्सीमा बसौँ भन्दै साँझपख चिया पसल छिर्यौ । त्यो चिया पसल मात्र नभएर भित्र रक्सी पसल । बाहिर चिया पसल रहेछ । मैंले चिया मागेँ । उसले क्वाटर माग्यो । मैंले भनें, 'क्वाटर किन ? आज म साथमा छु क्वाटर हैन चिया पिउने ।' उसले भन्यो, 'ल हुन्छ! आज चिया पिउछु ।'
चिया पिउँदै उसलाई हरेक विकृती र, समाज वातावरण बारे बुझाउँदै गएँ । रक्सीमा बढी पैसा चियामा कम पैसा । उसले बहुत शिक्षा अर्पण गरे जस्तो लाग्यो मलाई । उसलाई सम्झाउँदा, सम्झाउँदै समय घर्कियो ।
मोबाइलमा घण्टी बज्यो । अलिकति ढिला भए पत्नीजीको फोन आइ हाल्थ्यो । र, भन्थिन्, 'आज कसलाई कुन ठाउँमा र, कहाँ शिक्षा दिँदै हुनुहुन्छ साहित्यकार ज्यू ?'