-रिता खराल
न नजर फेरियो न वचन फेरियो
न आफन्तीको स्वार्थपन फेरियो
केवल धुर्त सोच नै कायम भएछ
बुझ्नै नसकिने गरी रहनसहन फेरियो
के असल अनि के खराब यो दुनियाँमा
कहिले प्रभावले चालचलन फेरियो
भरोसा गर्नु बेकार हो जताई रहेछन्
अझ भनौ भने लालची गनगन फेरियो
प्राय देखावटी जालझेल बुन्दा बुन्दै
यहाँ मान्छेहरूको बोली झन् फेरियो।
गैडहवा गाउँपालिका- ९, रूपन्देही