सन् २०२४ को विश्व आर्थिक वृद्धि सुस्त रहने : संयुक्त राष्ट्रसङ्घीय प्रतिवेदन

<span class='c1'>सन् २०२४ को विश्व आर्थिक वृद्धि</span> <span class='c2'>सुस्त रहने : संयुक्त राष्ट्रसङ्घीय प्रतिवेदन</span>

संयुक्त राष्ट्रसङ्घ । सन् २०२४ मा आर्थिक बृद्धि घटेर २.४ प्रतिशत कायम रहने संयुक्त राष्ट्रसङ्घको अवस्था र सम्भावना २०२४ नामक प्रतिवेदनले बिहीबार सार्वजनिक गरेको छ ।

सन् २०२३ मा विश्व आर्थिक बृद्धि २.७ प्रतिशत रहेका थियो । विश्वव्यापी कमजोर व्यापारीक क्रियाकलाप, उच्च सार्वजनिक ऋण, लगातार घट्दो लगानी दर तथा बढ्दो भूराजनीतिक तनावले विश्वव्यापी वृद्धिलाई जोखिममा पारेको प्रतिवेदनले जनाएको छ ।

संयुक्त राज्य अमेरिकामा उच्च ब्याज दर न्युन उपभोक्ता खर्च तथा कमजोर श्रम बजारहरुका कारण सन् २०२४ मा आर्थिक वृद्धि सुस्त हुने अनुमान गरिएको छ । विकासोन्मुख देशहरु पूर्वी एसिया, पश्चिमी एसिया, ल्याटिन अमेरिका तथा क्यारेबियाली मुलुकका अल्पकालीन वृद्धि सम्भावनाहरु संकुचित र चुनौतीपूर्ण वित्तीय अवस्था र सुस्त बाह्य मागका कारण कमजोर हुँदै गएका छन् ।

न्यून आय तथा कमजोर अर्थतन्त्रहरुले भुक्तानी सन्तुलनको दबाब र ऋणले जोखिमको सामना गरिरहेका छन् । साना, टापु तथा विकासशील राज्यहरुको आर्थिक सम्भावनामा ऋणको बोझ, उच्च ब्याजदर तथा बढ्दो जलवायु जोखिमले बाधा पर्ने रिपोर्टले जनाएको छ । रासस/सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्