बंगलादेशमा हिंसात्मक घटनाहरू बढ्दै

<span class='c1'>बंगलादेशमा हिंसात्मक</span> <span class='c2'>घटनाहरू बढ्दै</span>

काठमाडौं । चुनावको पूर्वसन्ध्यामा बंगलादेशमा हिंसात्मक घटनाहरू बढ्न थालेका छन् । शुक्रबार बंगलादेशको बेनापोल क्षेत्रमा बेनापोल एक्सप्रेसको चारवटा डिब्बामा आगलागी भएको छ ।

घटनामा चार जनाको मृत्यु भएको छ । रेल आफ्नो गन्तव्यमा पुग्न लाग्दा राजधानी ढाकाको कमलपुर रेलवे स्टेशनमा रेलमा आगलागी भएको थियो ।
बंगलादेशमा भएको रेलवेमा भएको आगलागीलाई सुनियोजित भन्दै घटनाको संयुक्त राष्ट्रसंघको निगरानीमा छानबिन गर्न प्रमुख विपक्षी दल बीएनपी (बंगलादेश नेसनलिस्ट पार्टी) ले माग गरेको छ ।

बीएनपीका वरिष्ठ नेता रुहुल कबीर रिजवीले घटनाप्रति चिन्ता व्यक्त गरेका छन् । उनले रेलमा केही बदमासले आगजनी गरेको घटना हृदयविदारक रहेको बताए । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले घटनाप्रति दुःख व्यक्त गदै घटनामा मारिएकाका परिवारप्रति समवेदना व्यक्त गर्दै घटनामा घाइते भएकाहरुको तत्काल उपचार गर्न निर्देशन समेत दिएकी छन् ।
बंगलादेशमा आइतबार आम निर्वाचन हुँदैछ । यो निर्वाचनको अनुगमन गर्न एक सयभन्दा बढी विदेशी पर्यवेक्षक ढाका पुगेका छन् । अवामी लिगले बीएनपीमाथि हिंसा फैलाएको आरोप लगाएको छ । शुक्रबार पनि खुल्नामा एक विद्यालयमा आगजनी भएको थियो । यस दुर्घटनामा कुनै मानवीय क्षति भने भएको छैन । हालै एक यात्रु बसमा पनि आगजनी भएको थियो ।
बंगलादेशको प्रमुख विपक्षी दल बीएनपी र अन्य विपक्षी दलहरूले चुनाव बहिष्कारको घोषणा गरेका छन् । विपक्षी दलले निर्वाचनअघि कामचलाउ सरकार गठन गरी त्यसको निगरानीमा निष्पक्ष निर्वाचन हुनुपर्ने माग राखेका छन् । तर, शेख हसिना नेतृत्वको अवामी लिग पार्टीको सरकारले विपक्षीको मागलाई अस्वीकार गरेको छ ।

यस्तो अवस्थामा बंगलादेशको चुनावमा हिंसा हुने सम्भावना छ र सारा विश्वको नजर त्यसमा छ । शुक्रबारको घटनालाई पनि यसैसँग जोडिएको छ । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्