तीज पर्वमा पशुपतिनाथ मन्दिर प्रवेशका लागि कसैलाई पनि पास नदिने

<span class='c1'>तीज पर्वमा पशुपतिनाथ मन्दिर प्रवेशका</span> <span class='c2'>लागि कसैलाई पनि पास नदिने</span>

प्रबिन दाहाल

काठमाण्डौ भदौ १७, 

पशुपति क्षेत्र विकास कोषले तीज पर्वमा पशुपतिनाथ मन्दिर प्रवेशका लागि कसैलाई पनि पास नदिने जनाएको छ । कोषले आज पत्रकार सम्मेलन गरी विगतका वर्षमा पासको दुरुपयोग भएको भन्दै यो पटकको तीजमा पासको व्यवस्था हटाइएको जानकारी दिएको हो । कोषले अघिल्ला वर्षहरुमा विभिन्न संस्था, कोषका कर्मचारीका आफन्तजन, पत्रकार, नेताका परिवारजन, स्वयंसेवक लगायतलाई करिब ५ हजार पास बाँडदै आएको थियो । एउटा पास देखाएर १० जनासम्म छिर्ने विगतबाट पाठ सिकेर यो पटक पासको व्यवस्था हटाइएको कोषका सदस्यसचिव डा. गोविन्द टण्डनले बताउनुभएको छ । कोषले यसपटक पशुपतिनाथ मन्दिर भित्रको क्षेत्रमा सुरक्षाकर्मी र आफ्ना कर्मचारी मात्र खटाउने तथा स्वयंसेवकहरुलाई मन्दिर बाहिरको क्षेत्रमा मात्र परिचालन गर्ने निर्णय गरेको बताईएको छ ।

यसैबिच, कोषले पशुपतिनाथ मन्दिको मुख्य क्षेत्रमा अघिल्ला वर्षमा जस्तो स्पीकर बजाउन नदिने निर्णय पनि गरेको छ । स्पीकरले भीड बढाउने भएकाले मन्दिरको मुख्य क्षेत्रमा स्पीकर राख्न र बजाउन नदिने निर्णय गरिएको सदस्यसचिव डा. टण्डनले जानकारी दिनुभयो ।

..................

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्