गजल

<span class='c1'>गजल</span> <span class='c2'></span>

-किस्मत खतिवडा
फरक पर्दैन को जान्छ, को आउँछ
पानी सँग दुश्मनी गर्न आगो आउँछ

जिन्दगी एक परीक्षा जस्तै हो बुझ्नुस्
भोग्दै जाँदा कहिँकतै अप्ठ्यारो आउँछ

हजुर पो रक्सी पनि महङ्गो पिउनुहुन्छ
हाम्रो त ओखति समेत सस्तो आउछ

जब यो दिल नै खुशी छैन भने महोदय
भन्नुस त मुहारमा कसरी हाँसो आउछ

'किस्मत' केहि समय धैर्य गर्न पर्छ अरु
एकदिन तेरो पनि अवश्य पालो आउँछ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्