-श्रीबहादुर केसी शैलुङ्गे
अनगिन्ती पीडाकाे घार हुनु पर्याे
धेरै मान्छेहरु शिकार हुनु पर्याे
सारङ्गी जस्तै रेटेर याे जिन्दगीलाई
बिचैमा चुडिएकाे तार हुनु पर्याे
पाइताला भरी चस्स विझ्ने तिखाे
काँडेतारकाे अग्लाे बार हुनु पर्याे
बेदनाकाे भुमरिमा सधै पिल्सी रहँदा
अब त जिन्दगी पनि झार हुनु पर्याे
निश्सासिएर अभावकाे पीडै पीडामा
शैलुङ्गेले यस धर्तीमा हार हुनु पर्याे।।
दुवाकाेट,भक्तपुर