गजल

<span class='c1'>गजल</span> <span class='c2'></span>

-कमलराज बिष्ट मगर
कुनै वेला एउटा प्रेमी थियो भनिदिनु।
मेरो नाममा गजल लेखिदियो भनिदिनु।

यदि मध्यरातमा बाडुल्की लाग्यो भने
मलाई त्यो फलानोले सम्झियो भनिदिनु।

जब मेरो याद आउन छोड्छ नि माया
दुनियालाई हाम्रो प्रेम सकियो भनिदिनु।

म कसैको प्रेमले कसरी बाँचेको हुँला
मेरो यो मुटु त अर्कैले लियो भनिदिनु।

एकोहोरो हुने लत बसेको छ अचेल
मलाई माया, प्रेमको विष पियो भनिदिनु।

(पश्चिम)रुकुम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्