-ऋषि तिवारी
निमेश हिजो आज खुशी छ । ऊ गदगद खुशी । मानौं उसको गदगद खुशीले उसलाई आफैं काउकुती लागिरहेको थियो । ऊ आफ्नो खुशी पाएको खुशी आफ्नी प्राण भन्दा प्यारी श्रीमतीलाई बताउन चाहिरहेको थियो । तर असम्भव उनी फेरि चार दिन अलग भएकी थिइन । जब पाँचौं दिन श्रीमतीसंग संगै हुन्छु अनि बताउँछु भन्दै त्यस पाँचौ दिनलाई पर्खि बसेको थियो ।
पाँचौं दिन भैसकेको थियो । त्यसदिन भन्दा अघि देखि नै ऊ छटपट , काउकुती अनि खुशीले उसको अनुहारहरुमा गदगदको स्पष्ट खाका थियो । निमेशको श्रीमती भन्छिन- "हजुर हिजो आज एकदम खुशी देखिनु हुँन्छ नि ? कुनै कुरा मलाई न सुनाउँन पाउँदा काउकुती लाग्छ भन्नु हुँन्छ, के कुरा हो भन्नुस न ?"
निमेश एउटा अफिसमा जागिरे थियो । त्यो पनि पियन पदमा जागिरे । जसले जे भने पनि आज्ञाकारी पियन । सबैंको कुरो मान्ने स्वभावको पियन प्यारो पियन थियो । हँसाई, बोलाई र लवाईले ऊ सबैंको प्यारो थियो । यहि पियन पदको जागिरबाट उसले छोराछोरी श्रीमती र आफ्नो जीन्दगी अघि बढाईरहेको थियो ।
श्रीमती पाँचौ दिनको दिन संगै भइन । भलाकुसारी गर्न थाले दुवै श्रीमान-श्रीमती । श्रीमान निमेश भन्छन लु सुन यो काउकुती मलाई किन लाग्यो ? म अरुलाई नभने पनि तिमीलाई भन्छु- "मेरो प्रोमशन भयो ।" उनी पनि खुशी भइन् । एक त तेत्तिकै उसलाई काउकुती लागिरहेको थियो उनलाई बताउँन न पाएर । झन उनले ति माथी आफ्नो खुशी साट्न अझैं काऊकुति नै लगाएर झण्डै मारिनन् ।
विराटनगर-६, ममता-मार्ग ।