विराटनगर । विद्यालय तहका विद्यार्थीहरूलाई विभिन्न वैज्ञानिक उपकरण निर्माणमा टेवा पुर्याउने उद्देश्यले सेन्टमेरिज स्कुलले विज्ञान प्रदर्शनी गरेको छ ।
विराटनगर २ शंकरपुरमा रहेको सेन्टमेरिज स्कुलले शुक्रबार स्कुल परिसरमा पढाईका अतिरिक्त क्रियाकलाप अन्तर्गत विज्ञान प्रदर्शनी गरेको हो ।
कक्षा १ देखी कक्षा १२ सम्मका विद्यालयमा अध्यनरत छात्रा विद्यार्थीहरुले आफुले पढेका ज्ञान र सिपलाई सदुपयोग गरी विभिन्न कलाहरु प्रदर्शन गरेका थिए ।
विद्यार्थीहरुले किताबमा पढेका ज्ञान र सिपलाई व्यवहारिक रुपमा उतारदै उनीहरुको क्षमतालाई विज्ञान प्रदर्शनीमा राखिएको सेन्टमेरिज स्कुलकी सिस्टर मार्लियो सिजेले जानकारी दीइन ।
विद्यार्थीहरुले सेन्टमेरिज स्कुलको ४ वटा भवनलाई रंगोली मार्फत विभिन्न नारा लेखिएका चित्रहरु बनाएका थिए ।
त्यसैगरी विद्यार्थीहरुले सौर्यमन्डल, ग्रह तथा टाढाको वस्तु हेर्नको लागि टेलिस्कोपको प्रयोग गर्दै अभ्यास गरेका थिए । साथै विद्यार्थीहरुले बनाएका विज्ञान सम्बन्धी कलाहरु उनीहरुका अभिभावहरुलाई समेत बुझाईरहेका थिए ।
विज्ञान प्रर्दशनीमा विद्यार्थीको कला हेर्नको लागी अभिभावकहरुलाई समेत उपस्थिती गराइएको सेन्ट मेरिज स्कुलकी जनसम्पर्क अधिकृत सुष्मा लावतीले जानकारी दीईन ।
विज्ञान प्रदर्शनीमा विद्यार्थीहरुले बनाएको नयाँ नयाँ विज्ञानका वस्तुहरुले आफुलाई आकर्षित पारेको विद्यार्थीका अभिभावक शंकर प्रसाद यादवले बताए ।
स्कुलहरुले विद्यार्थीहरुको पढाईका अतिरित्त क्रियाकलापहरु गराईराख्नु जरुरी रहेको समेत उनले बताए । साथै विज्ञान प्रदर्शनीमा विद्यार्थीहरुले स्वास्थ्य शिविरको समेत आयोजना गरेका थिए ।
उनीहरुले त्यहाँ आएका अभिभावक विद्यार्थी तथा शिक्षक शिक्षिकाहरुको ब्लडप्रेसर,ब्लड ग्रुप लगायतका स्वास्थ्य सम्बन्धी कार्यक्रम गरेका थिए ।
हाल उक्त विद्यालयमा १ हजार भन्दा बढी छात्राहरु अध्ययनरत छन् ।