मुक्तक

<span class='c1'>मुक्तक</span> <span class='c2'></span>

-सविना श्रेष्ठ
मुक्तक-:१
हिँड्दा हिँड्दै दुइचार जोर चप्पल फाटे के हुन्छ र?
नेता ज्यु हामी किसान संग काम साटे के हुन्छ र?
गाउँका झुपडीमा बत्ती बल्दैनन,चुलोको के कुरा
धेरै भए देश चुस्ने जुके नेता अब छाँटे के हुन्छ र?

मुक्तक -:२
मै हुँ भन्छन् हेर्नुस् लामो कोट लगाएर
हेपेर त यो त्यो भन्छन् खोट लगाएर।
देखावटी प्रेम गर्छन् देखावटी सहयोग
बोलिले चिप्लो घस्दै मुटुमा चोट लगाएर।।

मुक्तक -:३
बिरुवा भए औजार लगाई उखलेर फाल्थे
अन्न धान चामल कोदो भए फलेर फाल्थे
तर हजुर जिन्दगीले जरो गाडिगयो के गरुँ?
पाटो बारिको माटो भए डल्ला दलेर फाल्थे।।

मुक्तक-:४
एक हातले दिने अर्कोले लिने लेनदेन चल्छ।
यस्तै चलन छ लौ यो त बाचुन्जेल चल्छ।
उद्घोषको आँखाको तारा हुनुपर्छ महोदय
बोलाउँने नाम नजानेर याँ हेरफेर चल्छ।।

विराटनगर १२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्