हिसान मोरङको अध्यक्षमा पुनःअमित ढकाल

<span class='c1'>हिसान मोरङको अध्यक्षमा</span> <span class='c2'>पुनःअमित ढकाल</span>

विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङको अध्यक्षमा पुनः अमित ढकाल निर्विरोध निर्वाचित भएका छन् ।

उदयपुरको त्रियुगा नगरपालिकाको बहेडुवामा शनिबार सम्पन्न भएको सातौं जिल्ला अधिवेशनबाट ढकाल अध्यक्षमा पुनः निर्विरोध निर्वाचित भएका हुन् ।

विराटनगरस्थित अर्किड कलेजका अध्यक्ष रहेका ढकाल यसअघि हिसान मोरङको अध्यक्ष भएर एक कार्यकाल सफलतापूर्वक चलाएका थिए । नव निर्वाचित अध्ययक्ष ढकालले निजी कलेजहरूको विकासमा ध्यान दिने बताए । अहिले पनि राज्यले निजी उच्चमा विद्याहरूलाई विभेद गरेको बताए । ‘अहिले सरकारले प्राविधिक विषय अध्ययन गराउन निजीलाई दिएको छैन । त्यस्तो विभेदकारी नीति अन्त्य हुनुपर्दछ,’ उनले भने ।

हिसान मोरङको वरिष्ठ उपाध्यक्षमा पुनः टिएन तिम्सिना निर्वाचित भ भने उपाध्यक्ष पुनः मोहनकुमार श्रेक्ष् र गोविन्द निरौला, सचिवमा भेषराज नेपाल( भुवन), सह-सचिव भुपेन्द्र दाहाल र कोषाध्यक्षमा प्रदिप भगत निर्विरोध निर्वाचित भएका छन् ।

यस्तै सदस्यहरूमा त्रिलोचन गौतम, रोहत थपलिया, बसन्त मादेन, सुजन अधिकारी, राजेश खत्री, गुणानन्द महतो र विजयकुमार माझीलगयात निर्वाचित भएका छन् ।
हिसान मोरङको सल्लाहकारमा भरत दाहाल, डा. मनोज गुप्ता, ईश्वर रिजाल। दिनेश दाहाल र सकलदेव साहलाई आजै चयन गरिएको निर्वाचित अध्यक्ष ढकालले जानकारी दिए ।

कार्यक्रममा प्रमुख अतिथि हिसानका केद्रिय उपाध्यक्ष भेषराज पोखेल, केन्द्रिय सदस्य राजेश कार्की, प्रदेश अध्यक्ष ज्ञानबहादुर खडका र प्रदेश सचिव दिपेश बास्तोलालगायतले शुभकामना मन्तब्य ब्यक्त गरेक थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्