न्यु डायमण्डले चुम्यो राष्ट्रिय महिला भलिबलको उपाधि

<span class='c1'>न्यु डायमण्डले चुम्यो राष्ट्रिय</span> <span class='c2'>महिला भलिबलको उपाधि</span>

लामाचौर, भदौ १९ गते

 

न्यु डायमन्ड एकेडेमीले लगातार चौथो पटक लामाचौरमा भएको राष्ट्रिय महिला भलिबलको उपाधि जितेको छ । आइतबार डायमन्डले विभागिय टोली शसस्त्र प्रहरी बलको एपिएफ क्लबलाई ३०–२८, २५–१५ र २५–२० ले हरायो । डायमन्डको जितमा सर्वाधिक स्कोर जोडेकी प्रतिभा मालीले २५ स्कोर गरिन । यसैैगरी डायमन्डकी कप्तान ललिता नाथले ८ स्कोर गरिन । पनमिका राईले ७ स्कोर गरिन । आइतबार पोखरा लामाचौरमा भएको खेलमा डायमन्डी सेटर कृपा अधिकारी, लिबेरो सलिना श्रेष्ठले उत्कृष्ट प्रदर्शन गरेको थिए । समिक्षा घिमिरेले डिफेन्समा उत्कृष्ट बचाउ गरिन । सबिता लोले सर्भिसबाट ३ अंक लिदै एपिएफका खेलाडीलाई निराश बनाएकी थिइन । यसैगरी एपिएफले भने पुन एक पटक लामाचौरमा खराब प्रदर्शनलाई निरन्तरता दियो । एपिएफ यसप्रतियोगितमा मुख्य स्पाइकर सरस्वती चौधरी बिना खेलिरहेको थियो । एपिएफकी रेश्मा भण्डारीले १२ स्कोर, नेविका चौधरीले १२ र उषा विष्ट ५ स्कोर गरेपनि टोलीलाई हारबाट जोगाउन सकेनन । न्यु डायमन्डका प्रशिक्षक कुमार राईले टोलीले आफनो पुरानो साखलाई पुन फर्काएको बताए । उनले भने, एपिएफसँग हामी धेरै जसो प्रतियोगितामा हार्ने गरेको छौं । तर लामाचौरमा हामी सधै एपिएफलाई पराजित गछौं । पुन एक पटक त्यो नतिजा दोहोरिदा खेलाडीको मनोबल बढेको छ । खुसी छौं । यही लयलाई निरन्तरता दिने प्रयास गर्नेछौं । यसैगरी कप्तान ललिता नाथले टिमले आफनो स्वभाविक खेल खेलेपछि घरेलु भलिबलमा नम्बर एक हुन समस्या नहुने बताइन । उनले भनिन, सबैले आज उत्कृष्ट खेले । यसले हाम्रो मनोबल बढेको छ । एनभिए कपमा राम्रो नतिजा निकाल्न सहयोग गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्